बलात्कार कसुरमा जन्मकैदको फैसला
दैलेख : जिल्ला अदालतले २३ वर्षीय अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा गुराँस गाउँपालिका–३ सेरीवाडाका ३८ वर्षीय भद्र बहादुर बुढालाई जन्मकैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको चैत २० गतेको इजलासबाट जन्मकैद (२५ वर्ष कैद), पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २८ सय रुपैयाँ तिर्नुपर्ने फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए ।
शारीरिक अपाङ्गता भएकी २३ वर्षीय महिलालाई ०७८ असार ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७८ असार ८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका थिए । घटनाको अनुसन्धान सकेर प्रहरी अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय मार्फत साउन ३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।
साउन ४ गते भएको थुनछेक बहसपछि तत्कालीन जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका जिल्ला कारागार थुनामा पठाइएको थियो ।