Loading... आजः मङ्लबार, कार्तिक २७, २०८१
Trending

स्वर्गीय लछुमन गुरुङको स्मृतिमा अक्षयकोष स्थापना


दैलेख  :  महावु गाउँपालिकाका अध्यक्ष स्वर्गीय लछुमन गुरुङको स्मृतिमा लछुमन गुरुङ स्मृति अक्षयकोष स्थापना गरिएको छ । स्वर्गीय गुरुङको ४५ दिनको पुण्य तिथिको अवसरमा महावु गाउँपालिका–२ बडाखोलामा रहेको जगदिस माध्यमिक विद्यालय वडाखोला एैराडीमा रु पाँच लाखको अक्षयकोष स्थापना गरिएको हो ।
स्वर्गीय गुरुङका छोरा विनय गुरुङले विद्यालयको शैक्षिक गुणस्तर सुधार सँगै विद्यालयमा अध्ययनरत गरिब,विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले आफ्नो जीवनकाल भरी राजनीति मार्फत समाज सेवा गर्नुभएका बुवाको सम्झनामा उक्त कोष स्थापना गरेको जानकारी दिए ।

जगदिस माध्यमिक विद्यालय वडाखोला एैराडीका प्रधानाध्यापक भगीरथ शर्माले स्वर्गीय गुरुङले शिक्षा क्षेत्रमा गरेको योगदान कहिल्यै बिर्सन नसकिने बताए । उनले आफ्नो जीवनकाल भरी सभ्य समाज निर्माण र रूपान्तरणमा महत्त्वपूर्ण योगदान दिएको स्मरण गर्दै उहाँकै पालामा भारतीय दुतवास बाट विद्यालयको भवन निर्माण भएको बताए । उनले भने उहाँका नामा स्थापना गरिएको अक्षयकोष बाट गरिब,अति विपन्न बालबालिकाका शैक्षिक गुणस्तर सुधारका लागी उक्त रकम खर्च गरिने छ ।
महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको ७९ वर्षको उमेरमा माघ २७ गते उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको थियो । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनुभएका गुरुङ २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए ।