Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

अपाङ्गता सवालमा सम्वेदनशील छौं : मेयर शर्मा

दैलेख  :  नारायण नगरपालिकाका मेयर लोमन शर्माले अपाङ्गता समस्या सवालमा आफूहरु सम्वेदनशील रहेको बताएका छन । यूएसएड तथा ह्याण्डिक्याप इण्टरनेशनलको सहयोगमा राष्ट्रिय अपाङ्ग महासंघका नेपालले आइतवार दैलेख सदरमुकाममा आयोजना गरेको अपाङ्गता पुर्नस्थापना सवाल सम्वन्धी नारायण नगरपालिका स्तरीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रममा उनले सो धारणा राखेका हुन ।

सवालमा सम्वेदनशील भए पनि कतिपय अवस्थामा नीतिगत विषय जानकारी नभएर बजेट कार्यक्रम बनाउन छुट्ने गरेको बताउदै यो अभिमुखीकरणले सरकार नीति, यसबारे ऐन कानूनमा भएको व्यवस्था जानकारी पाएपछि हामीलाई उत्तरदायी बनाएको आगामी वर्ष २०८०÷८१ को बजेट तथा नीति कार्यक्रममा यसको प्रतिविम्ब देखिनेछ मेयर शर्माले भने ।
राष्ट्रिय अपाङ्ग महासंघका नेपालका कर्णाली प्रदेश अध्यक्ष बिष्णुप्रसाद शर्मा, अपाङ्गता पुर्नस्थापना परियोजनाका अधिकृत पार्वती आले, राष्ट्रिय अपाङ्ग महासंघका नेपाल कर्णाली प्रदेश कार्यलयका आनन्दबहादुर बिष्टले अभिमुखीकरण गरेका थिए ।

अभिमुखीकरणमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी ऐन २०७४, पालिकास्तरमा अपाङ्गता समस्या भएकाहरुको संरक्षण तथा पुनस्र्थापनाका लागि काम गर्न गठित समन्वय समिति, त्यसको काम कर्तव्य र अधिकार, ती व्यक्तिहरुको लागि अपाङ्गता अवस्था अनुसार दिइने आधारभूत स्वास्थ्य सेवा, सुविधा, अपाङ्गता परिचयपत्र, त्यसको नियमन लगायतका विषयमा छलफल भएको थियो ।साभार ज्वाला सन्देश