Loading... आजः बिहिबार, मंसिर १२, २०८२
Trending

चर्को ब्याजदर विरुद्ध नेकपा विप्लब

फाइल तस्बिर

दैलेख  :  नेपाल कम्युनिस्ट पार्टी(विप्लव)ले चर्को ब्याजदर,लघुवित्त र मिटर ब्जायका विरुद्ध विरोध अभियान सञ्चालन गरेको छ । बैक तथा बिक्तिय सस्थाहरु गाउँ गाउँमा ऋण लगानी गर्ने बहानामा गाउँका नागरिक बाट चर्को ब्याजदर असुल्ने थरेको भन्दै त्यसको भण्डाफोर अभियान सञ्चालन गरेको जानकारी दिएको छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका बाट विरोध प्रदर्शन अभियान सुरु गरेको नेकपाले बिहीबार जिल्ला प्रशासनमा समेत ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव)को जनबर्गिय युवा सङ्गठन नेपालले गाउँका नागरिकलाई समूहमा बसाल्ने ऋण लगानी गर्ने र चर्को ब्याजदर असुल्ने काम रोक्न जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री ध्यानाकर्षण बुझाएको छ ।

ध्यानकर्षण पत्रमा वित्तीय सस्थाहरुले ऋण तिर्न तोकिएको समय सीमामा अन्तिम वर्षसम्मको एक एकमुष्ट ब्याजदर जोड्ने कार्य ऋणीहरूको बाध्यतामाथि चरम शोषण गरेको,महिलाहरूलाई समूहमा सङ्गठित गर्ने, चल अचल सम्पत्ति धितो राख्न लगाउने र चर्को ब्याजदर लगाएर मूल पुँजीमा रूपान्तरण गर्ने र ऋणीलाई ऋण तिर्न कठिन पार्ने,डर त्रास धम्की दिने र घरबार विहीन बनाउने गरेको उल्लेख गरिएको छ ।

त्यस्तै जिल्लाका विभिन्न भागमा मिटर ब्याजमा लगाउनहरुको बिगबिगी बढेको,मिटर ब्याजीहरुले ऋण लिने व्यक्तिहरूको जग्गा पहिले नै पास गर्ने कागज बनाउने गरेको भन्दै तत्काल रोक्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको युवा सङ्गठन नेपालले जानकारी दिएको छ ।

युवा सङ्गठन नेपालका जिल्ला सदस्य गोपीराम सिले बैक तथा वित्तीय सस्थाहरुले अहिले कायम गरेको ब्याजदरलाई खारेज गरी एक अङ्कमा झार्न आफूहरूले अभियान सञ्चालन गरेको बताए । उनले लगानी गर्ने निहुँमा नागरिकको घरबार उठीबास गर्ने,लालपुर्जा कब्जा गर्ने र ऋणको तनावले आत्महत्या गर्न बाध्य पार्ने क्रियाकलाप नरोके गाउँबाटै बैक तथा वित्तीय संस्थालाई लखेट्ने अभियान चलाइएको बताए े ।