सांसद गमता विकलाई सम्मान
दैलेख : कर्णाली प्रदेश सभा सदस्य गमता बिक लाई सम्मान गरिएको छ । बिस २०६६ सालमा सशक्तीकरण शिक्षा कार्यक्रम बाट प्रौढ शिक्षा लिएर छाउँपडि अभियन्ता बनेर गाउँमा छाउँपडि प्रथा न्यूनीकरण गर्न सहयोग गरेको भन्दै उहाँलाई छाउँपडि प्रथा उन्मुलनका लागी निरन्तर काम गरिरहेको संस्था महिला सशक्तीकरण मञ्च नेपालले शनिवार सम्मान गरेको हो ।
महिला सशक्तीकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले दुर्गम गाउँमा दलित समुदाय बाट छाउँपडि अभियातना बनेर छाउँपडि प्रथा उन्मुलन तथा न्यूनीकरण लागी महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै समान गरिएको बताए । उनले हामीले उहाँलाई प्रौढ शिक्षा दिऔँ त्यहाँ छाउँपडि,कुरीति र कुसंस्कारका कुरा सिकायौँ र त्यही अनुसार उहाँले समाजमा बिद्रोह गरी अभियन्ता बनेर सामना गर्नुभयो ।
सम्मान कार्यक्रममा बोल्दै प्रदेश सांसद गमता विकले आफूहरूलाई शिक्षा दिएर कुसंस्कार, कुरीतिका विरुद्ध बोल्न सक्ने बनाउन सहयोग गरेको भन्दै संस्थालाई धन्यवाद दिइन । उनले श्रीमान् सँग विद्रोह गर्दै महिनावारी भएको बेला के बिगी्रदो रहेछ भनेर घरमै बस्न थालेको त्यसले हौसला प्राप्त भएपछि समाजमा महिनावारी भएको बेला घरमै बस्ने वातावरण तयार गर्न निकै चुनौतीको सामना गर्न परेको बताइन । उनले भन्नि महिनावारी भएको बेला घरमै बसेका थाहा पाएपछि गाउँलेले बिग्रेको आइमाई भने , महिनावारी भएकै बेला श्रीमान् घरमा नभएको बेला भैँसी समेत दोएर आफ्ना छोरा छोरीलाई खुवाए केही भएन देउता रिसाएनन् त्यसपछि यो भ्रम हो भनेर अभियानमा लागे ।
न तलब भत्ता ,न कतैबाट प्रशंसा । उल्टै गाली पाउँदासमेत हरेस नखाएर छाउपडी प्रथा न्यूनीकरणका लागि लागि घरदैलोमा पुगेर महिलाहरूलाई सुसूचित गर्दै छाउपडी प्रथा धार्मिक अन्धविश्वास भन्ने सन्देश दिएर हिँडेको र हिजो मलाई गाली गर्ने मानिस समेत अहिले प्रशंसक भएकोमा सांसद विकले खुसी व्यक्त गरिन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा आठबिस नगरपालिकाको नगर उप प्रमुखको उम्मेदवार भई नेपाली काँग्रेसकी दिपा बोहरा सँग पराजित हुनुभएकी उनी यस पटक कर्णाली प्रदेश सभा सदस्यमा नेकपा एमालेको तर्फ बाट समानुपातिक प्रणाली मार्फत प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन ।