Loading... आजः शनिबार, साउन १२, २०८१
Trending

सिचाइ सुविधाले फेरियो वडापोखरा गाउँ


दैलेख  :   दुल्लु नगरपालिका–२ को वडापोखरा गाउँ सुख्खाक्षेत्र गाउँ हो । डाँडामा बस्ती भएका पानीका मुहान थिएनन । खानेपानीका लागी घण्टौ हिडेर खानेपानी ल्याउनु पर्ने त्यहाका बासिन्दा र गाउँको परिचय फेरिएको छ । गाउँमा सिंचाई सुविधा पु¥याउन दुल्लु नगरपालिका, सोसेक नेपाल र समुदायको लगानीमा ३२ लाख ४० हजार पाँच सय रुपैयाँको लागतमा कुन्टेआवत बडापोखरा सोलार लिफ्ट सिंचाई योजना निर्माण गरिए यहाँका सबै किसान ब्यबसायिक तरकारी खेतीमा लागेपछि गाउँको परिचय फेरिएको हो ।

दुल्लु नगरपालिका–२ की हिरा रावतले सुख्खा गाउँमा एक हजार पाँच सय ३४ मिटर तलबाट सोलार लिफ्टमार्फत अहिले गाउँमा दुई वटा पोखरी निर्माण गरिए संगै खुख्खा गाउँमा हरियाली छाएको बताइन । उनले भनिन् योजनाबाट ९८ घरधुरी लाभान्वित भएका छन् ।
हाम्रो गाउँ डाँडामा छ, सधै सुख्खा भईरहन्थ्यो, अहिले सिंचाई सुविधा पुगेको छ, हामी त असाध्यै खुुसी छौँ,’ खानेपानी संगै सिंचाई सुविधा पुगेपछि गाउँका अधिकाँस घरपरिवार व्यवसायिक तरकारी खेतीमा समेत लागेको बताइन । हरेक घर तरकारी उत्पादन संगै गाउँको परिचय समेत बदलिएको छ ।

दुल्लु नगरपालिका –२ का धरम बहादुर थापाले गाउँमा सिंचाई पुगेपछि अधिकाँस घरपरिवार तरकारी खेतीमा हौसिएको बताए । उनले भने सिंचाई सुविधा नहुँदा धेरै जग्गा बाँझो छोड्नुपथ्र्यो, अहिले त तरकारी खेतीमात्रै होइन अन्य बालीलाई समेत सिचाइ गर्न सहज भएको छ । सिंचाई सुविधासँगै बडापोखरालाई जलवायूमैत्री नमूना गाउँ बनाउन विभिन्न गतिविधि सञ्चालन गरिएको छ । कृषकहरुलाई १२ वटा पक्की टनेल र २० वटा कच्ची टनेल दिईएको उत्थान परियोजनाले जानकारी दिएको छ ।