प्रतिनिधिसभा सदस्य चौधरी प्रहरी नियन्त्रणमा
काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन् । बाँकेमा पक्राउ परेका उनलाई कैलाली लैजाने तयारी गरिएको छ । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारुले बताए ।
ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।
त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी उच्च स्रोतका अनुसार सांसद चौधरीलाई नेपालगञ्जबाट काठमाडौं ल्याएर धनगढी लैजाने तयारी छ ।