Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

भूकम्पले बाजुरामा ४ घर भत्किए

बाजुरा : बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । एक घर पूर्ण रुपमा भत्किएको छ भने अन्य तीन घरको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी सूर्य थापाले जानकारी दिए ।

अन्य विवरण आउँन बाँकी रहेको डीएसपी थापाले बताए । आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५।९ रेक्टर स्केलको भूकम्प गएको थियो । यस्तै बझाङमा पनि भूकम्पको धक्काले मन्दिर समेत भत्किएको छ भने अन्य मध्य पश्चिमका जिल्लाहरुमास्थानीयको भागदौड मचिएको थियो ।