Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कर्णालीमा घटाइयो मन्त्रालयको संख्या

सुर्खेत  :  कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । यसअघि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको मन्त्रालयको संख्या घटाउने सहमतिले पूर्णता पाएको छ । मन्त्रिपरिषद्को बैठकले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको छ । योसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको विना विभागीय मन्त्री विनोदकुमार शाहले बताए ।

यसअघि उक्त मन्त्रालय तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता साझेदार दल नेपाली कांग्रेसलाई भागवण्डा मिलाउनका लागि फुटाएका थिए । अब प्रदेशमा ७ सदस्यीय मन्त्रिमण्डल बन्ने छ । मंगलबारसम्म मन्त्रिमण्डल विस्तार हुन सक्ने नेताहरूले बताएका छन् ।

यसअघि दुवै दलले ३३ मन्त्रालय लिने र मुख्यमन्त्री साझा हुने सहमति गरेका थिए । यद्यपि कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा भने भागवण्डा मिलेको छैन । मंगलबारदेखि उक्त विषयमा छलफल हुने नेताहरूको भनाई छ ।