Loading... आजः सोमवार, माघ २३, २०७९
Trending

६० जनाको शव परिवारलाई बुझाइयो


काठमाडौँ  :  पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ। यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ।

‘आजसम्म ७० जनाको शव पोष्टमार्टम भइसकेको र ६० जनाको शव ९काठमाडौँ र पोखरा० बाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकेका छौँ,’ यती एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ। त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागका अनुसार सनाखत भएका चार जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका ६ जनाको शव सनाखत गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेका छन्।