Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

भुकम्पबाट बच्न नमुना प्रर्दशन


दैलेख  :  भुकम्पबाट बच्न उपायहरुबारे नमुना प्रर्दशन गरिएको छ । नारायण नगरपालिका–१ स्थित त्रिभुवन माध्यामिक विद्यालयमा शुक्रवार नमुना प्रर्दशन गरिएको हो । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय र नेपाल रेडक्रस सोसाइटी दैलेखको संयुक्त आयोजनामा नमूना प्रर्दशन गरिएको हो । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भुकम्प आउँदा कसरी बच्ने र क्षती कसरी कम गर्न सकिन्छ भन्नेबारे नमूना प्रर्दशनमार्फत नागरिकहरुलाई सचेत बनाउँन नमुना प्रदर्शन गरिएको बताए । उनले विद्यालयस्तरमा कार्यक्रम गरी समुदायमा सचेतना जगाउँने उद्देश्यले नमूना प्रर्दशन गरिएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय, विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षक तथा अभिभावकहरुको सहभागिता थियो । दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले दुई सय ५० जनाको सहभागितामा नमुना प्रर्दशन कार्यक्रम गरिएको बताए । उनले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई सोहि कार्यक्रममा जोडिएको बताए । प्रयोगात्मक अभ्यास तथा प्रशिक्षणमार्फत भुकम्पबाट बच्ने उपायबारे जानकारी दिईएको उहाँको भनाई छ । माघ २ गते राष्ट्रिय भुकम्प दिवसका बनाउने तयारी गरेपनि माघ १ गते पोखरामा भएको हवाइ दुर्घटना भएका कारण उक्त सरकारले शोक विदा दिएका कारण कार्यक्रम शुक्रवार गरिएको हो । ८५ वर्षअघि अर्थात विसं १९९० को माघ २ गते गएको भूकम्पको राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईँदै आइरहेको छ । २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको छ ।
फोटो क्याप्सन ः भुकम्पबाट बच्न नमुना प्रर्दशन कार्यक्रमा सहभागीहरु । तस्बिर कमल शर्मा