Loading... आजः आइतवार, माघ २७, २०८१
Trending

क्षतिग्रस्त भएको झोलुङ्गे पुल मर्मत भएन

कालीकोट  :  गत असोजमा परेको वर्षाले झोलुङ्गे पुल क्षतिग्रस्त भए पनि चार महिना बित्दा पनि पुल मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ । जितेगडा बजारसहित झोलुङ्गे पुलको केही केही भाग बर्खाको भेलले बगाएको थियो । वारपार गर्न गाह्रो भएपछि स्थानीयले दुई लाख रुपियाँ खर्च गरेर तिलानदी र कर्णाली तर्ने पुलबीचमा काठको भर्‍याङ बनाएका थिए । नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, पचालझरना र पलाँता जोड्ने जितेपुल क्षतिग्रस्त हुँदा कर्णाली राजमार्गमा गाडी चढ्न आउने यात्रुलाई हिँड्न समस्या परेको थियो।

स्थानीय नरजंग मल्लका अनुसार तिला नदीको आधा भागमा फलामे पोलमाथि काठ बाँधेर बनाइएको पुलको बीचभागमा काठको भर्‍याङ हालेपछि अस्थायी रूपमा नदी वारपार गर्न सहज भएको थियो । काठको भर्‍याङ बनाउन यातायात समिति र स्थानीय व्यवसायीले सहयोग गरेका थिए । तिला नदीको शिव मन्दिर नजिक र कर्णालीको लालीघाटमा झोलुङ्गे पुल भए पनि बाटो भिरालो र पाखाबाट ढुङ्गा खस्ने समस्या भएकाले स्थानीयले पुल मर्मत गरेर सञ्चालनमा ल्याएका थिए ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले पुलमा पुग्न भर्‍याङ बनाएर सचेत नागरिकले बिपदमा स्थानीयले सहयोग गरेको बताए । उनले पुल जोखिमपूर्ण रहेको तत्कालका लागि नदी वारपार गर्ने उपाय भए पनि त्यसलाई चाँडै मर्मतका लागी सरोकारवाला निकाय संग समन्वय गरिने बताए ।

पुल मर्मतका लागि जिल्ला बिपद ब्यस्थापन समितिले गत कात्तिक ४ गते नै लेखी पठाएको थियो । बेमौसमी वर्षाले कालीकोटमा घर, सडक, पुल, विद्यालय, खानेपानी, सिँचाइ कुला लगायत संरचनामा ठूलो क्षति भएको थियो । जितेमा बाढीले सय जनाले मात्र वारपार गरिरहेका छन् । राष्कोटका हंस सन्ज्यालले जोखिमपूर्ण पुलमा बृद्वबृद्वा, बालबालिकालाई आउजाउ गर्न कठिन भएको स्थानीयको भनाइ छ ।
मान्म जाने वा मान्मबाट रास्कोट नगरपालिका, पलाँता, पचालझरना र नरहरीनाथ गाउँपालिका जानेहरू यसै पसलबाट आउजाउ गर्छन् । पुल मर्मत नभएपछि स्थानीयहरू जोखिम मोलेर आवतजावत गरिरहेका छन् ।