Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

दैलेखको इतिहास लेख्न विज्ञहरू गाउँ गाउँमा

दैलेख  :  दैलेखको इतिहास लेखन कार्यका लागी विज्ञहरू गाउँ गाउँमा पुगेका छन । इतिहासबिद डाक्टर राजाराम सुबेदी र डाक्टर मधुसूदन गिरीको टोली जिल्लाका ११ वटा पालिकामा पुगेर त्यहाँका कला, साहित्य ऐतिहासिक ,धार्मिक पुरातात्त्विक, सम्पदाहरूको अध्ययन अवलोकन गरिरहेका हुन ।
दैलेखको इतिहास ,कला,लोक साहित्य,मूर्त र अर्मृत सम्पदाको इतिहास लेखन कार्यको अन्तिम रूप दिन पुन विज्ञहरू गाउँ गाउँमा गएका हुन । २०७४ साल देखी सुरु गरिएको इतिहास लेखन कार्य अन्तिम चरणमा पुगेको इतिहासबिद डाक्टर राजाराम सुबेदीले जानकारी दिए ।

उनले जिल्लाका ११ वटै पालिकामा रहेको धार्मिक,ऐतिहासिक,पुरातात्त्विक सम्पदाको अध्ययन अवलोकन, त्यहाँको कला,साहित्य,लोक साहित्यका विषय समेटेर इतिहास लेखन कार्य अन्तिम चरणमा पुगेको बताए । उनले भने हामीले आवश्यक पर्ने सबै प्रमाण संकलन गरिसकेका छौ त्यसलाई टाइपिङ गरी सम्बन्धित निकायलाई छिटै बुझाउँछौ ।

इतिहासबिद डाक्टर मधुसूदन गिरीले जिल्लाका नौ वटा पालिकाका पुगेर त्यहाँको सबै विवरण संकलन गरेको र बाँकी रहेका गुराँस गाउँपालिका र डुगेश्वर गाउँपालिकाको वास्तविक इतिहास बुझ्न आफूहरू जिल्ला आएको बताए । उनले इतिहासका विषयमा गाउँका बुद्ध सँग अन्तरवार्ता गर्ने र त्यहाँ रहेका सम्पदाहरूको अवलोकन गरिरहेको छौ ।

२०७४ सालमा दैलेख जिल्लाका पत्रकारले सुरु गरेको इतिहास लेखन कार्य अन्तिम चरणमा रहेको पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष एवम् इतिहास लेखन कार्यका संयोजक विष्णु शर्माले जानकारी दिए । उनले दैलेखमा रहेका ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रहरूको खोजी गरी यसको विस्तृत अध्ययन र अनुसन्धानको औपचारिक सुरुवातका इतिहास लेखन कार्य सुरु गरेको बताए उनले भने दैलेख जिल्लाको ऐतिहासिक सभ्यताका हिसाबले काठमाण्डौं लुम्बिनी भन्दा पहिलाको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएपछि यसको खोजी गर्न लाग्यौ ।

नेपाली भाषाको पहिलो शिलालेख, तेह्रौँ शताब्दीका मूर्ति, देवल खम्बालगायत विभिन्न जातजातिको उद्गम थलो भएर पनि यसको अझै खोज अनुसन्धान हुन नसके पछि जिल्लाका पत्रकाहरुले त्यसको वास्तविक अध्ययन गर्न लागी परेका थिए ।