Loading... आजः सोमवार, माघ २३, २०७९
Trending

सभामुख देवराज घिमिरेले शपथ लिए


काठमाडौं  :  सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार बिहान राष्‍ट्रपति कार्यलयमा आयोजित कार्यक्रममा घिमिरेले शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख घिमिरेलाई शपथ गराएकी हुन्।

सभामुखको शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो। घिमिरे बिहीबार प्रतिनिधि सभाको सभामुख चयन भएका थिए।