Loading... आजः मङ्लबार, कार्तिक २७, २०८१
Trending

सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि आह्वान

धनगढी  :  सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुखको कार्यालयद्वारा बुधवार सूचना टाँस गरी दलहरूलाई मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरिएको हो।‍ सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले बुधबार दलहरूलाई मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान गरेको हो।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गठन गर्न कुनै पनि पार्टीको बहुमत नपुगेकाले एक्लैको सरकार बन्न सक्ने अवस्था छैन। सरकार गठन गर्नका लागि दुई वा दुईभन्दा बढी पार्टीको बहुमत भए सरकार बन्ने देखिन्छ। सरकार बनाउन २७ सांसदको आवश्यक पर्छ। धारा १६८ उपधारा १ बमोजिम स्पष्ट बहुमत नभएपछि धारा १६८ उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको मत हुनुपर्ने छ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न २७ गते साँझ बेलुका ५ बजे सम्म समय निर्धारण गरेको छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादीका ४ राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्।