Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

स्वच्छ र सुन्दर नगरपालिका अभियान

दैलेख  :  स्वच्छ र सुन्दर नगरपालिका निर्माण गर्न अभियान सञ्चालन गरिएको छ । जिल्लाको नारायण नगरपालिकाले नगरपालिकालाई स्वच्छ र सुन्दर सहरका रूपमा विकास गर्न अभियान सञ्चालन गरेको हो । सोमवार नारायण नगरपालिका दैलेखका नगर उप प्रमुख तप्ता कुमारी थापाले उक्त अभियानको सुरुवात गरेकी छिन ।

दैलेख सदरमुकाम समेत रहेको नारायण नगरपालिकामा सरसफाइ नभएको फोहोर नउठेको जनगुनासो आएपछि नगरपालिकाले सदरमुकाम क्षेत्रका प्रत्येक घरधुरीलाई फोहोर संलकन गर्ने डस्बिन समेत वितरण गरिएको छ ।

उप नगर प्रमुख तप्ता कुमारी थापाले नारायण नगरपालिकाको बजार क्षेत्रलाई स्वच्छ र सफा राख्नका लागी प्रति घर एक डस्बिन वितरण गरिने बताइन । उनले दैलेख सदरमुकामका छ सय घरधुरीमा डस्विन वितरण गर्ने योजना नगरपालिकाले बनाएको र पहिलो चरण एक सय ६७ घरधुरीलाई डस्बिन वितरण गरेको बताइन ।

नारायण नगरपालिका –६ का वडाध्यक्ष तथा वातावरण बन तथा विपद् समितिका संयोजक जनक प्रसाद न्यौपानेले स्वच्छ नगरपालिका निर्माण गर्ने अभियान अन्तर्गत नगरपालिकामा फोहोर संकलन गर्ने डस्बिन वितरण गरेको बताए । उनले बजार क्षेत्रमा राखिएका डस्टविनमा फोहोर फाल्न र नगरपालिकाका सरसफाइ कर्मचारी र गाडी आएको वेला गाडीमा फोहोर हालेर सहयोग गर्न नगरवासीलाई अनुरोध गरिएको बताए ।

उनले नगरपालिकाले नारायण –१ शिरस्थानमा डम्पीङ साइड निर्माणका लागी दुई करोड रकम विनियोजन गरिएको र यसै वर्ष निर्माण गरिसक्ने तयारी गरेको बताए । उनले भने डम्पीङ साइड निर्माण सँगै नगरपालिकाले दैनिक फोहोर उठाउने र नगर स्वच्छ राखिने छ ।