Loading... आजः बिहिबार, जेष्ठ ३, २०८१
Trending

शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता


दैलेख  :  जिल्लाका राजनैतिक दल र नागरिक समाजका अगुवाहरूले शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । सोमवार जिल्ला सदरमुकामका शिक्षाका लागी राष्ट्रिय अभियानले आयोजना गरिएको गुणस्तरीय शिक्षा र बालविवाह अन्त्य सवाल सम्बन्धी बिचार गोष्ठीमा शैक्षिक सुधारका लागी पाँच बुद्धे प्रतिबद्धता गरिएको छ ।
शैक्षिक सुधारका लागी शिक्षाको गुणस्तरीयता अभिवृद्धि गर्न योग्य र समक्ष जनशक्ति पदपूर्ति गर्ने,शिक्षक दरबन्दी अनुसार शिक्षकको व्यवस्था गर्न सरोकारवाल निकाय सँग पहल गर्ने,विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घमा प्रतिनिधित्व गर्ने व्यक्ति शिक्षा क्षेत्रको जानकार र इच्छाशक्ति भएको व्यक्तिलाई पठाउने,शिक्षा नीतिमा समयाकुलन सुधारका लागी पहल गर्ने र बालविवाह अन्त्यका लागी राजनैतिक दलले आ आफ्नो पार्टी कमिटी र बैठक बाट निर्णय गर्ने लगायतका निर्णय गरिएको छ ।
शिक्षाका लागी राष्ट्रिय अभियान नेपालका दैलेखका अध्यक्ष भरतराज अधिकारीले शैक्षिक सुधारका लागी गुणस्तरीय राजनीति,गुणस्तरीय शिक्षक, र गुणस्तरीय अभिभावक निर्माण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । उनले विद्यालयमा भौतिक पूर्वाधार,विषय अनुसार शिक्षकको दरबन्दी लाई प्राथमिकता दिनु पर्ने बताए । उनले भने विद्यालयमा आफ्नो पार्टीका कार्यकर्ता भर्ती रोगका कारण शैक्षिक गुणस्तर खस्किँदै गएको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले शिक्षकले आफ्नो विद्यालय समयमा शिक्षकले राजनीति गर्ने नहुने बताए । उनले शिक्षकले पढाउन छोडेर राजनीतिमा गर्ने समस्या कारण शैक्षिक गुणस्तरमा समस्या भएको भन्दै कुनै पनि शिक्षकले राजनीतिक दलमा आबद्ध भएकै भरमा पढाउन छोड्न नमिल्ने बताए ।
नेकपा एमालेका जिल्ला सचिव तिलक प्रसाद रिजालले शिक्षाको गुणस्तर सुधारका लागी जिम्मेवार सबै निकायको महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताए । उनले शिक्षाको गुणस्तर सुधार गर्न विषय शिक्षकको व्यवस्थापन सँग अभिभावक जिम्मेवार बन्नु पर्ने बताए । उनले भने विद्यालय जाने उमेरमा विवाह गर्ने समस्याको समाधानका लागी अभिभावकलाई जिम्मेवार बनाउनु पर्ने हुन्छ ।