Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइ


कमल शर्मा
दैलेख  : सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइका कारण दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्य ढिलाइ भएको छ । कोरोना महामारीका कारण धकेलिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि सम्झौताको म्याद पुन थप गरिए पनि सडक पूर्वाधार स्तरोउन्नती र जग्गा अधिग्रहण गर्न ढिलाइका कारण काम सुरु हुन नसेकेको खानी तथा भू–गर्भ विभागले जानकारी दिएको छ ।

खानी तथा भू–गर्भ बिभागका भू–गर्भबिद डाक्टर गणेशनाथ त्रिपाठीले कोरोना महामारीका कारण धकेलिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि सम्झौताको म्याद थप गरिएको भए पनि अन्वेषण गर्न आवश्यक सामाग्री(इकुमेन्ट) ल्याउन सडक पूर्वाधार नभएका कारण ढिलाइ भएको बताए । उनले चिन बाट भारत हुँदै नेपालगञ्ज सम्म सामाग्री आउने र त्यहाँ बाट दैलेखमा पु¥याउन सडक पूर्वाधार समस्या भएको बताए । उनले भने चीनबाट भारत हुँदै नेपालगञ्ज नाकाबाट भित्रिने ड्रिलिङ उपकरण ६ मिटर चौडा, ६० टन तौल र १५ मिटर लामो हुने भएकाले सडकका मोडहरू स्तरोन्नति गर्नुपर्ने अवस्था रहेको बताए ।

भूगर्भविद् त्रिपाठीले चिनियाँ पक्ष छिटो नेपाल आएर ड्रिलिङ गर्न उत्साहित छ,’ उनले भने हामी सडक स्तरोन्नति र जग्गा अधिग्रहणको प्रक्रिया अघि बढिसकेका छौँ । उनका अनुसार दैलेखको भैरवी–१को करिब ४५ रोपनी जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको छ । सडक मार्ग स्तरोन्नतिको काम भने सडक विभागले थालिसकेको छ ।

अन्वेषणका लागि तीन वटा पूर्व पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका दश वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिए पछि त्यसका वास्तविक अध्ययन पश्चात् पेट्रोलियम पद्धार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम असोज महिनामा गर्ने तयारी भए पनि कोरोनाको तेस्रो लहरका कारण काम प्रभावित बनेको थियो । पेट्रोलियम पदार्थ अन्वेषणका लागि खनिएका १० वटा लाईनमा भएपश्चात मुख्य ड्रिलिङका लागि असोजमा गर्ने तयारी गरे पनि कोरोना महामारीकाको तेस्रो लहरले स्थगित हुन पुगेको थियो ।

डाक्टर त्रिपाठीले भन चाइनाको प्राविधिक टोलीले सिस्मिक सर्भे सम्पन्न गरी त्यस पश्चात् अन्बेषणात्मक ड्रिलिङ बाट पेट्रोलियम भण्डार भएको पुष्टि भएमा सो भण्डारको आर्थिक विश्लेषण अन्तर्गत भण्डारको आकार ,प्रकार आयतन,व्यापारिक रूपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्रा आदिको विश्लेषण गरी प्रमाणित भण्डार ब्यपारिक प्रयोजनको लागि उपयुक्त छ वा छैन भन्ने जानकारीका लागि मुख्य ड्रिलिङ गर्नु पर्ने हुन्छ ।

चिनियाँ प्राविधिक टोलीले संकलन गरेका स्रोत र चट्टानको नमुना परीक्षण बाट उत्साहजनक नतिजा प्राप्त भएको चिनियाँ प्राविधिक टोलीले आफूलाई गराएको जानकारी गराएको र जमिन मुनी पेट्रोलियम पदार्थलाई थुनेर राख्न सक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतहीमा अन्बेषण अनुसन्धान बाट पनि देखिएको थियो । भुर्गभबिद डा त्रिपाठीले भने सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक चट्टान र त्यसलाई भण्डार गर्न सक्ने खालका चट्टान,पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौगर्भिक संरचनाहरूले दैलेखमा पेट्रोलियमको भण्डार हुन सक्ने बलियो सम्भावना भएको जानकारी दिए ।

अन्ेबषणका लागि पेट्रोलियम जिओलाजिकल सर्भे,म्याग्नेटो टेल्युरिक सर्भे, जिओ केमिकल स्याम्पलिङ गरी महत्त्वपूर्ण मानिएको सेस्मिक सर्भे हो । यो कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरू जमिनको सतहमुनिको धेरै गहिराई सम्म पठाएर सतहमुनिका ठोक्किएर फिर्ता भएका तरङ्गहरूलाई सतहमा गाडिएका सेन्सरहरूमा रेकर्ड राख्ने र रेकर्ड गरिएका विभिन्न गहिराई बाट परावर्तन भई आएका तरङ्गहरूको प्रशोधन गर्ने र प्रशोधन बाट तयार भएका तरङ्गहरुहरुको सूक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुन सक्ने भौगर्भिक संरचना पहिचान गर्ने कार्यको शत प्रतिशत काम सम्पन्न भएको छ ।

पेट्रोलियम पदार्थको अन्वेषणका लागि नेपाल सरकार र चाइना सरकारको जिओलोजिकल सर्वे कम्पनी बिच २०१९ फेब्रवरी २८मा भएको सम्झौता भएको र सम्झौताको अवधि सन २०२२ फेब्रवरी २८ सकिए सँगै २०७८ चैत १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले दुई वर्ष म्याद थप गरेको थियो ।

जिल्लाको मुख्यतया दुल्लु नगरपालिका ,भैरवी गाउँपालिका, महावु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रित र चामुण्डाबिन्द्रासैनी नगरपालिका,डुगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतिमाई गाउँपालिकालाई केही भूभाग समेटेर दश वटा सिस्मिक लाइनहरूमा जम्मा दुई सय लाइन किमी सर्भे गर्न चार सय वर्ग किमी भूभाग समेटेर सर्भे गरिएको थियो ।