बास दैलेखको अध्यक्षमा हिक्मत बुढा चयन
दैलेख : बागेश्वरी असल शासन क्लब (बास) नेपाल दैलेखका शाखाको अध्यक्षमा हिक्मत बुढा चयन भएका छन । मंगलवार दैलेख सदरमुकामका भएको भेलाले बुढालाई अध्यक्षमा चयन गरेको हो । बागेश्वरी असल शासन क्लब (बास) नेपालका पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारीको विशेष उपस्थितिमा दैलेख शाखा पुनर्गठन तथा नया नेतृत्व चयन गरेको हो ।
सुशासन र भ्रष्ट्राचारको क्षेत्रमा काम गर्दै आएको संस्थाले दैलेख लगायत ७७ वटै जिल्लामा काम गर्दै आएको छ । भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै आएको क्लब जिल्लामा पछिल्लो समय निष्क्रिय भएको भन्दै शाखालाई पुनः गठन गरिएको पूर्व अध्यक्ष मन भण्डारीले बताए ।उनले समितिमा भएका साथीहरु अन्य काममा ब्यस्त भएपछि शाखालाई पुनर्गठन गठन गर्नु परेको हो, बताए । उनले भने हामी सधैँ भ्रष्ट्राचार अनियमितता विरुद्ध आवाज उठाउँछौँ ।
समितिको उपाध्यक्षमा गीता खत्री, सचिवमा कृष्ण अधिकारी, सह–सचिवमा बविता प्याकुरेल, कोषाध्यक्षमा, अनु थापा, सदस्यहरू जङ्ग बोगटी, टिका बुढा, पदम रावल, संगिता शाही, मनीषा थापामगर तिला थापा मगर सहित ११ सदस्य समिति गठन गरिएको छ ।