Loading... आजः आइतवार, बैशाख ९, २०८१
Trending

माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलमा शर्मा


सुर्खेत  :  नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन भएका छन । बुधबार बसेको संसदीय दलको बैठकले शर्मालाई संसदीय दलको चयन गरेको हो । शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्री आंकाक्षी रहेका थिए । माओवादी केन्द्रले कर्णालीको मुख्यमन्त्री पाएको खण्डमा शर्मा मुख्यमन्त्री बन्नेछन ।

यद्यपि माओवादी र एमाले दुवैले कर्णालीको मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएका छन् । ४० जना प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेशमा माओवादी केन्द्रको १३ र एमालेको १० प्रदेश सभा सदस्य छन् । सरकार बनाउन २१ जना प्रदेश सभा सदस्यको आवश्यकता पर्छ ।