Loading... आजः शनिबार, माघ ५, २०८१
Trending

जाजरकोटमा जिप दुर्घटना, ११ को मृत्यु

जाजरकोट  :  जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट ४ को लेवा तर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो ।

छेडागाड–५ दिपक अधिकारी , छेडागाड–५ नैनसरा अधिकारी , छेडागाड–५ जैकुवरा बुढा , छेडागाड–५ रामबहादुर बुढा, छेडागाड–६ वीर बहादुर खत्री , भगवती –२, दैलेख अमर खड्का , भगवती –२, दैलेख मान बहादुर रावत , भगवती –२, दैलेख बिरेन्द्र केसी , छेडागाड–५ देवीसरा बुढा , छेडागाड–५ अमर अधिकारी र छेडागाड–५ निषा अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

छेडागाड–५ की जैभान अधिकारी गम्भिर घाइते भएका छन् । सवारी चालक सहित पाँच जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।