Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

२८ उम्मेदवारले बुझाए चुनावी खर्च विवरण


दैलेख  :  मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिएका राजनैतिक दल र उम्मेदवारले चुनावी खर्च बुझाउन सुरु गरेका छन् ।

निर्वाचन ऐन २०७४ अनुसार मत परिणाम घोषणा भएको ३५ दिन भित्र उम्मेदवारले चुनावी खर्च विवरण बुझाउने पर्ने कानुनी प्रावधान अनुसार उम्मेदवार र राजनैतिक दलले चुनावी खर्च विवरण बुझाउन सुरु गरेका हुन । जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार दैलेख जिल्लाका दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा सदस्यका लागी ३३ जना उम्मेदवार मध्ये २८ जना उम्मेदवारले चुनावी खर्च बुझाएको र पाँच जनाले बुझाउन बाँकी रहेका छन ।

चुनावी खर्च विवरण बुझाउनेमा दैलेख निर्वाचन क्षेत्र नः १ का प्रतिनिधि सभामा उम्मेदवार बनेका आठ जना मध्ये एमालेका रबिन्द्रराज शर्मा,नेपाली काँग्रेस (बिपी)का भूपाल बहादुर थापा,नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङ,स्वतन्त्र उम्मेदवार गोपाल नेपाली,निरख बहादुर थापा,राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्ती कुमारी शाही,राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्र प्रसाद शर्माले रहेका छन । सत्ता गठबन्धन बाट उम्मेदवार बन्नुभएका अम्मर बहादुर थापाले चुनावी खर्च नबुझाएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । त्यस्तै दैलेख निर्वाचन क्षेत्र नः २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार पाँच जना मध्ये चार जनाले चुनावी खर्च विवरण बुझाएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

चुनावी खर्च विवरण बुझाउने एमालेका लक्ष्मी प्रसाद पोखरेल,मजदुर किसान पार्टीका केशेन्द्र कार्की,काँग्रेसका दिक्पाल शाही,राप्रपाका लोकेन्द्रराज गिरि रहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बखत बहादुर भण्डारीले चुनावी खर्च विवरण बुझाएका छैन्न

दैलेख निर्वाचन क्षेत्र नः १ को प्रदेश सभा (क) का पाँच जना उम्मेदवारले चुनावी खर्च विवरण पेस गरेका छन् । नेकपा एमालेका धर्मराज रेग्मी,काँग्रेसका पूर्ण बहादुर खत्री,राप्रपाका हृदय शाही,नेपाल मजदुर किसान पार्टीका जगत् बहादुर वली र स्वतन्त्र उम्मेदवार चित्र बहादुर केसी रहेका छन ।

 

त्यस्तै प्रदेश सभा (ख)मा पाँच जना उम्मेदवार मध्ये चार जनाले मात्र चुनावी खर्च विवरण बुझाएका छन् ।खर्च बुझाउनेमा एमालेका प्रेम बहादुर थापा, काँग्रेसका कृष्ण कुमार बिसी ,राप्रपाका रण बहादुर सिंह,नेपाल मजदुर किसान पार्टीका लक्ष्मी कुमारी सिंह रहनुभएको छ । स्वतन्त्र उम्मेदवार टेक बहादुर खाँणले चुनावी खर्च बुझाएका छैन्न ।

 

दैलेख निर्वाचन क्षेत्र नः २ को प्रदेश सभा (क) उम्मेदवार बनेका छ जना मध्ये चार जनाले मात्र चुनावी खर्च बुझाएका छन् । चुनावी खर्च बुझाउनेमा नेकपा एमालेका तिलक प्रसाद रिजाल,काँग्रेसका घनश्याम भण्डारी,मजदुर किसान पार्टीका मदन भण्डारी, राप्रपाका यज्ञ बहादुर थापाले चुनावी खर्च बुझाएका छन् । स्वतन्त्र उम्मेदवार पुरुषोत्तम रिजाल र हाम्रो पार्टी नेपालका प्रेम बहादुर भण्डारीले चुनावी खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

दैलेख –२ को प्रदेश सभा (ख)मा उम्मेदवार बन्नुभएका चार जनाले नै चुनावी खर्च विवरण पेस गरेका छन् । एमालेका विनोद कुमार शाह, माओबादीकेन्द्रका योगेन्द्र बहादुर शाही,नेपाल मजदुर किसान पार्टीका जय बहादुर थापा,राप्रपाका ज्ञानेन्द्र बहादुर शाहीले चुनावी खर्च विवरण पेस गरेका छन् ।