Loading... आजः सोमवार, मंसिर १७, २०८१
Trending

एक सय ६४ जनाको मोतीबिन्दु शल्यक्रिया

दैलेख  :  दैलेखको आठबिस नगरपालिका –४ राकमकर्णालीमा आयोजना गरेको आँखा शिविरमा एक सय ६४ बिरामीको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रजोती सङ्घको सहयोगमा,नेपाल रेडक्रस सोसाइटी,आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोग र आठबिस नगरपालिका , नेपाल रेडक्रस सोसाइटी उप शाखा राकम कर्णालीको आयोजना सञ्चालन भएको दुई दिने शिविरमा एक सय ६४ जना बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो ।
आठबिस नगरपालिका दैलेखका स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले नगरपालिकाका ९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा १२ सय जनाको आँखा परीक्षण गरेपछि एक सय ६४ जनाको मात्र शल्यक्रिया गरेको बताए । उनले आठबिस नगरपालिकाका सबै नागरिकको आँखा उपचार गर्ने उद्देश्यले उक्त आँखा शिविरको आयोजना गरिएको बताए ।

आठबिस नगरपालिकाका नगर प्रमुख तर्क बहादुर बडूवाले मोतिबन्दिुको शल्यक्रिया गर्न जिल्लामा नभएका कारण नागरिकलाई सेवा लिन बाहिर जानु पर्ने समस्या भएपछि सरोकारवाला निकायको समन्वयमा शिविर सञ्चालन गरिएको बताए । उनले नागरिकले आफ्नै क्षेत्रमा मोतिबन्दिुको शल्यक्रिया गर्नु पर्ने माग बमोजिम शिविर सञ्चालन भएको बताए । उनले भने आफ्नै नगरपालिकामा आँखाको परीक्षण संगै शल्यक्रिया गर्न पाएपछि नागरिक खुसी समेत भएका छन ।