दीपक मनाङेले रोजे नेकपा एस
काठमाडौं : मनाङ प्रदेशसभा २ बाट निर्विरोध निर्वाचित (राजीव गुरुङ) दीपक मनाङे नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् । उनलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरे ।
मनाङेले एक विज्ञप्ति जारी गर्दै आफू नेकपा एसको संगठनमा आबद्ध भएको बताएका छन् । स्वतन्त्र रूपमा काम गर्ने निर्णय गरे पनि अहिलेको परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आबद्ध भएर गरिने पहलकदमीले काम प्रभावकारी हुने निष्कर्षमा पुगेको उनले बताएका छन् ।