Loading... आजः शुक्रबार, चैत्र ३०, २०८०
Trending

भारतसँग निरीहताको निरन्तरता नयाँ पुस्तालाई स्वीकार्य छैन : लामिछाने

काठमाडौँ  : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ बाट नवनिर्वाचित सांसद रवि लामिछानेले महाकालीको बहाव नेपालतर्फ धकेलिने गरी भारतले अनधिकृत पक्की संरचना बनाउँदै गरेको सम्बन्धमा भारतसँग निरीहताको निरन्तरता नयाँ पुस्तालाई स्वीकार्य नहुने बताएका छन् ।
उनले ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भइसकेकोले अब नयाँ शिराबाट कुरा गर्नुपर्ने बताएका हुन् । ुदार्चुलामा भेट्ने हो कि, काठमाडौंमा भेट्ने हो, कि दिल्लीमा भेट्ने हो, तय गरौं । तर निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन,ु उनले लेखेका छन् ।

महाकाली नदीमा तुइन तर्दै गर्दा तुइन काटिएर नदीमा जयसिंह धामी हराउँदा, किनारमा जबरजस्ती सडक बनाउँदा गरिएको विस्फोटमा उच्छिटिएर आएको ढुंगा लागी ९ वर्षीय पवन महराको मृत्यु हुँदा र अहिले बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाएको विरोध गर्दा भारतीय पक्षबाट भएको ढुंगा लागी बालबालिकाहरु घाइते हुँदा पनि सरकारले देखिने गरी केही नगरेको बताउँदै उनले सरकारको विरोध गरेका हुन् ।