Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

एमाले प्रत्यक्षमा खुम्चिदा ,समानुपातिकमा पहिलो दल


दैलेख  :  दैलेखका दुई प्रतिनिधि सभा र तीन प्रदेश सभामा पराजित भएको नेकपा एमाले समानुपातिकमा पहिलो दल बनेको छ । आइतबार सकिएको समानुपातिक तर्फको मतगणनाको अन्तिम नतिजा अनुसार तर्फ दैलेख निर्वाचन क्षेत्र न ः १को प्रतिनिधि सभा तर्फ १६ हजार ३१३ मत प्राप्त गरी पहिलो दल बनेको हो । दैलेख निर्वाचन क्षेत्र नः १ को प्रदेश(क) र प्रदेश सभा(ख) मा १६ हजार ३४ मत प्राप्त गरी प्रदेश सभामा समेत पहिलो दल बनेको छ ।
नेपाली काँग्रेसले निर्वाचन क्षेत्र नः १ को प्रतिनिधि सभा तर्फ १५ हजार ८३७ मत प्राप्त गरी दोस्रो दल बनेको छ । दैलेख निर्वाचन क्षेत्र नः १ को प्रदेश(क) र प्रदेश सभा(ख) १४ हजार ५६ मत प्राप्त गरी दोस्रो भएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभामा तीन हजार १६६ मत र प्रदेश सभामा चार हजार ३५४ मत प्राप्त गरी तेस्रो हुँदा माओवादी केन्द्रले प्रतिनिधि सभा तर्फ दुई हजार ४५ मत र प्रदेश सभामा तीन हजार ३१४ प्राप्त गरी चौथो भएको छ ।

त्यस्तै दैलेख निर्वाचन क्षेत्र न ः २ को प्रतिनिधि सभा तर्फ १७ हजार ३१७ मत प्राप्त गरी एमाले पहिलो दल बनेको हो । दैलेख निर्वाचन क्षेत्र नः २ को प्रदेश समानुपातिक तर्फ १७ हजार १३७ मत प्राप्त गरी पहिलो बनेको छ ।

नेपाली काँग्रेसले निर्वाचन क्षेत्र नः २ को प्रतिनिधि सभा तर्फ १५ हजार ५०४ मत प्राप्त गरी दोस्रो दल बनेको छ । दैलेख निर्वाचन क्षेत्र नः२ को प्रदेश सभा समानुपातिकमा १४ हजार ७९४ मत प्राप्त गरी दोस्रो भएको छ । माओवादी केन्द्रले प्रतिनिधि सभा तर्फ ६ हजार ३५४ मत प्राप्त गरी तेस्रो हुँदा प्रदेश सभा समानुपातिक तर्फ दुई हजार २५२ मत प्राप्त गरी तेस्रो भएको छ ।

नेपाल मजदुर किसान पार्टीले दैलेख निर्वाचन क्षेत्र नः १ को प्रतिनिधि सभा समानुपातिकमा ६४४ मत प्राप्त गरेको छ भने प्रदेश सभा समानुपातिकमा ६७६ मत प्राप्त गरेको छ । निर्वाचन क्षेत्र नः २ मा प्रतिनिधि सभा समानुपातिक तर्फ तीन हजार ८९८ मत प्राप्त गरेको छ भने प्रदेश सभा समानुपातिकमा तीन हजार ५९४ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन क्षेत्र नः १ मा प्रतिनिधि सभामा समानुपातिकमा एक हजार ८५४ मत र प्रदेश समानुपातिक तर्फ दुई हजार २७ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा तर्फ निर्वाचन क्षेत्र १ मा ८८७ मत प्राप्त गरेको छ भने निर्वाचन क्षेत्र नः २ को प्रतिनिधि सभा समानुपातिकमा नौ सय पाँच मत प्राप्त गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार दैलेख निर्वाचन क्षेत्र नः १ मा ७८ हजार २८२ मतदाता मध्ये ४४ हजार ३३१ मत खसेको थियो । खसेको मत मध्ये ४२ हजार ११९ मत सदर र एक हजार६७१ म्त बदर रहेको जनाएको छ । निर्वाचन क्षेत्र नः २ मा ८० हजार ६७६ मतदाता मध्ये ४७ हजार २४१ मत खसेकोमा ४४ हजार ४८६ मत सदर र दुई हजार ७५५ म तबदर रहेको थियो ।