Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

इसुजु गाडीको आधिकारिक सोरुम सुर्खेतमा

सुर्खेत  :  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एसएमएल इसुजु गाडीको बिक्री वितरण सुरु गरिएको छ । कर्णालीका लागि आधिकारिक विक्रेता पाएको केबी इन्टरप्राइजेजले सोमबारदेखि ईसुजु गाडीको बिक्री वितरण सुरु गरेको हो । कर्णालीको आधिकारिता विक्रेताको रुपमा मान्यता पाएसँगै केबी इन्टरप्राइजेजले पाँच वटा गाडी विक्री गरेको छ । देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेशबहादुर खड्का, फिरोज खड्का लगायत पाँच जनालाई पहिलो ग्राहकका रुपमा सुर्खेत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गणेश बस्नेतले चाँवी हस्तान्तरण गरेर विक्री वितरण सुरु गरेका छन् ।

करिव पाँच करोड लागतमा इसुजुका व्यावसायीक सवारीको सुरुवात गरिएको हो । संघका बरिष्ठ उपाध्यक्ष बस्नेतले समयको मागअनुसार नयाँ व्यवसायीक यात्राको शुरुवात गरेकोमा सञ्चालकलाई सफलताको शुभकामना दिए । उनले बैंकीङ्ग चर्को ब्याजदरकाविच पनि व्यवसाय आरम्भ गरेकोले दिगोपना र उपभोक्ताहरुलाई सन्तुष्ट बनाउन आग्रह गरेका छन् ।

 

जापानिज मोटर निर्माता कम्पनी ईसुजुका ट्रक तथा बस कर्णालीमा बढी रुचाईने विश्वासका साथ ईसुजु गाडीको बिक्री वितरण सुरु गरेको सञ्चालक कमल खड्का जुनीले जानकारी दिए । उनले नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएल ईसुजुका विभिन्न मोडेलका बस, ट्रक, स्कुल बस, भित्र्याईएको उनको भनाई छ । भित्र्याइएका सबै सवारी ६ चक्के सवारी हुन् ।

एसएमएल इसुजुसँगको नयाँ सम्बन्धले उच्चस्तरीय बस, ट्रक लगायतका व्यावसायिक सवारी साधन सहज बिक्री वितरण गरी उपभोक्तालाई उपलब्ध गराउने प्रतिवद्धता खड्काको छ । हाल नेपालमा ईसुजुका बस तथा ट्रक नेशनल मोटर्सले बिक्री गर्दै आएको छ । केबी इन्टरप्राइजेजले सेल्स र सर्भिस दुवै सेवा दिने जनाएको छ ।