Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

१३२ क्षेत्रको मत परिणाम सार्वजनिक


दैलेख  :  प्रतिनिधिसभाको १३२ क्षेत्रको मत परिणाम आएको छ । पछिल्लो मत परिणामअनुसार कांग्रेस ४५ सीट जितेर शीर्ष स्थानमा छ । एमालेले ३५, माओवादी केन्द्रले १४, नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ र राप्रपाले ५ सीट जितेका छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीले ३३ सीट जितेका छन् । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले एकरएक सीट जित्दा स्वतन्त्रले ५ सीट जितेका छन् ।

अहिलेसम्म कांग्रेसले ९, एमालेले १०, माओवादीले ५, राप्रपाले २, जसपाले ३ र रास्वपाले एक सीटमा लिड गरेका छन् । विवादको कारण दोलखा, बाजुरा र स्याङजा २ मा अहिलेसम्म मत गणना सुरु हुन सकेको छैन ।