Loading... आजः मङ्लबार, मंसिर २०, २०७९
Trending

मुस्ताङका सबै क्षेत्रमा कांग्रेस विजयी

काठमाडौँ  :  मुस्ताङका सबै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभाका लागि एउटै निर्वाचन क्षेत्र रहेको मुस्ताङमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार कांग्रेसका योगेश गौचन थकाली ३९९२ मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई उनले ९१४ मतान्तरले पराजित गरेका हुन् । पराजित प्रेमप्रसाद तुलाचनले ३०७८ मत ल्याएका छन् ।

यस्तै प्रदेशसभातर्फ १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् भने २ तर्फ पनि कांग्रेसका विकल शेरचन विजयी भएका हुन् । प्रदेशसभातर्फ नाम्डु गुरुङले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मत मात्रै पाएका छन् । यस्तै प्रदेशसभा २ तर्फ शेरचनले २ हजार ७ सय २३ मत पाएर विजयी बन्दा एमालेका चन्द्रमोहन गौचनले २ हजार ५ सय ६५ मत पाए ।