Loading... आजः मङ्लबार, मंसिर २०, २०७९
Trending

डेंगुलेका थपिए १३ सय ८० जना बिरामी,तीनको मृत्यु


काठमाडौं  :  नेपालमा डेंगुबाट आज एकैदिन ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट आज ३ जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। आज एकैदिन १ हजार ३८० जना डेंगुका बिरामी थपिएको पनि मन्त्रालयले जनाएको छ।

यसैबीच १८ जना कोरोना संक्रमित आज निको भएर घर फर्कंदा ४ जना संक्रमित मात्र थपिएका छन्। हाल देशभर ४०६ जना कोरोनाका सक्रिय संक्रमित
रहेका छन्।