Loading... आजः शुक्रबार, चैत्र ३०, २०८०
Trending

विश्वकपबाट बाहिरियो भारत, उपाधिका लागि पाकिस्तान र इंंग्ल्याण्ड भिड्ने

काठमाडौं :  अष्ट्रेलियामा जारी टि२० विश्वकपमा भारत बाहिरिएको छ । आज भएको दोस्रो सेमिफाइनलमा भारतमाथि इंग्ल्याण्डले १० विकेटको शानदार निकाल्यो । एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। ​अलराउन्डर भारतले इंग्ल्यान्डलाई १ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो। सो लक्ष्य उसले इंग्ल्यान्डले १६ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । इंग्ल्यान्डले फाइनलमा पाकिस्तानसँग प्रतिस्धर्पा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनमा अविजित रहे । कप्तान जस बटलर ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनमा अविजित रहे ।

भारतका हार्दिक पान्ड्याले सर्वाधिक ६३ रन बनाए । विराट कोहली ५० रन बनाउँदै पवेलियन फर्किए । योसँगै विराट कोहली टि२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बने पनि टिमलाई जिताउन सकेनन् । कोहलीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८ सय ५३ रन बनाएका छन् ।

लोकेश राहुल ५ रनमा विकेटकिपर जस बटलरबाट क्याच आउट भए । रोहित शर्मा २७ रनमा आउट भए । साम करनबाट क्याच आउट हुन भएका हुन् । सूर्यकुमार यादवले १४ रन बनाउँदा ऋषभ पन्त ६ रनमा रन आउट भए । इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आदिल राशिद र क्रिस वोक्सले समान एक एक विकेट लिए ।