Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

एमालेका पोखरेल र काँग्रेसका शाही बिच कडा प्रतिष्पर्धा

दैलेख  :  गठबन्धन दलको सहयोगमा नेपाली काँग्रेसले दैलेख निर्वाचन क्षेत्र न २मा काँग्रेसले विरासत फर्काउने तयारी गरेको छ । नेपाल मजदुर किसान पार्टीको किल्ला भत्काएर २३ वर्ष अघि नेपाली काँग्रेसले निर्वाचनमा विजयी प्राप्त गरेको थियो । नेपाल मजदुर किसान पार्टी र नेकपा एमाले बिच पार्टी एकीकरण भएपछि २०५६ साल पछिको निर्वाचनमा एमालेको प्रतिस्पर्धी दलको रूपमा रहेपछि चुनावमा हार व्यहोर्दे आएको काँग्रेस यस पटक भने गठबन्धनकै आडमा जित्ने दाउमा देखिएको हो ।

दैलेखका ११ स्थानीय पालिका मध्ये निर्वाचन क्षेत्र नम्बर २ मा दुल्लु नगरपालिका,चामुण्डाबिन्द्रासैनी नगरपालिका आठबिवस नगरपालिका भैरवी गाउँपालिका र ठाठिकाँध गाउँपालिका रहेका छन् २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दुल्लु, चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाँटीकाँध र भैरवी गाउँपालिका गरी चार पालिका जितेको छ ।
निर्वाचन क्षेत्र न २मा ८० हजार ६ सय ७५ मतदाता रहेको छ। २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काँग्रेसको १८ हजार ६ सय १२ मत रहेको छ। माओवादी केन्द्रको ५ हजार ७ सय ५५ मत र नेकपा एकीकृत समाजवादीको ८ सय ३३ मत जोडेर २५ हजार २ सय मत सत्ता गठबन्धनको हुन्छ। तर, एमालेको एक्लै २१ हजार १ सय ६१ मत छ। स्थानीय तहको मतको हिसाब गर्दा गठबन्धनभन्दा एमालेसँग ४ हजार ३९ मत कम छ।

२०५६ पछि भएका चुनावमा हार व्यहोरेको काँग्रेसले सत्ता गठबन्धन साझा उम्मेदवार दिक्पाल शाही उम्मेदवार बनाएर २३ वर्षपछि गुमाएको साख फर्काउने तयारीमा रहेको छ । बिस २०७० सालमा संविधान सभाको दोस्रो निर्वाचनमा निर्वाचित लक्ष्मीप्रसाद पोखरेल पुन एमालेबाट उम्मेदवार भएका छन । काँग्रेस उम्मेदवार दिक्पाल शाही यसअघि प्रदेश सांसदमा एमालेका राजबहादुर शाही सँग पराजित भएका थिए । दैलेखको क्षेत्र नम्बर २ बाट २०४८ सालमा रङ्गबहादुर शाही र २०५६ सालमा शिवराज जोशीले काँग्रेसबाट चुनाव जितेका थिए । त्यस यता भएका निर्वाचनमा काँग्रेसले जित्न सकेको छैन ।

२०५६ सालसम्म काँग्रेसको गढका रूपमा दैलेख निर्वाचन क्षेत्र नम्बर २ लाई लिइँदै आएको थियो। २०४८ सालयता काँग्रेस–नेपाल मजदुर किसान पार्टी र काँग्रेस–एमालेबिच प्रतिस्पर्धा रहँदै आएको थियो २०५२ सालमा नेपाल मजदुर किसान पार्टीको जिल्ला कमिटी नै एमालेमा एकीकरण भए सँगै एमाले र काँग्रेस बिच चुनावी प्रतिस्पर्धा हुने गरेको छ । नेकपा एमाले बाट उम्मेदवार बनेका लक्ष्मीप्रसाद पोखरेल बिना विवादित नेता भएका कारण सहजै जित निकाल्ने दाउमा देखिन्छ भने काँग्रेस गठबन्धन दलको सहयोगमा निर्वाचन जित्ने कसरतमा रहेको छ ।

नेकपा एमालेका उम्मेदवार लक्ष्मी प्रसाद पोखरेले आफू संविधान सभा सदस्य हुँदा क्षेत्र न २ मा गरेका विकास निर्माणका कामकै कारण आफू निर्वाचन जित्ने बताए । उनले २०६४ सालमा माओवादीको दबदबा भएको बेला समेत नेकपा एमालेले जितेको स्मरण गर्दै उहाँले यस पटक पनि नेकपा एमालेलाई जित्न कुनै समस्या नहुने बताए ।
सत्ता गठबन्धन बाट उम्मेदवार बनेका दिक्पाल शाहीले नेपाली काँग्रेस प्रत्येक निर्वाचनमा झिनो मतान्तरले पराजय भोग्दै आएको भए पनि यस पटक सत्ता गठबन्धन दलको साथमा सहजै जित हुने बताए । उनले अघिल्लो निर्वाचनमा प्रदेश सभाको उम्मेदवार भएर पराजित भएको र त्यसको सहानुभती मत पाउने र गठबन्धन दलमा आबद्ध सबैले इमानदारी पूर्वक मतदान गरेमा आफ्नो विजयी शुनिश्चित हुने बताए ।