Loading... आजः मङ्लबार, मंसिर २०, २०७९
Trending

डोटीमा भूकम्प,छ जनाको मृत्यु , पाँच घाइते

डोटी  :  डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । भूकम्पमा परी मृत्यु हुने सबैको सनाखत भएको छ । बुधबार बिहान २ बजेर १२ गएको ६।६ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा‚ १४ वर्षीया तुलछी बोहरा रहेका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६।६ म्याग्निच्युडको भूकम्प गएको हो । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् । पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको हो । घाइते ५ जनाको उपचारका लागि अस्पताल लगिएको डीएसपी भोला भट्ट भट्टले बताए