Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

‘नो नट अगेन’ विरुद्ध कारवाही अघि नबढाउन आदेश


काठमाडौं  : सर्वोच्च अदालतले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरू विरुद्ध कारवाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश हरिप्रसाद फुयालको इजलासले कारवाही अघि नबढाउन अन्तरिम अल्पकालीन अन्तरिम आदेश दिएको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले नो नट अगेनलाई कारवाही गर्न नहुने भन्दै रिट दायर गरेका थिए। निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो। सर्वोच्चले रिट निवेदक र विपक्षीलाई यही कात्तिक २४ गते छलफलका लागि बोलाएको छ।