Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

घोषणापत्र बिनै उम्मेदवार मत माग्दै घरदैलोमा


दैलेख  :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागी विभिन्न पार्टी बाट उम्मेदवार घरदैलो भेटघाटमा व्यस्त छन् । निर्वाचन आयोगले कात्तिक १७ गते सम्म उम्मेदवारले आम सभा जुलुस गर्न बन्देज लगाए पछि उम्मेदवारहरू आफ्नो घोषणापत्र र चुनावी एजेन्डै बिना मत माग्न घरदैलोमा भेट्न गएका हुन । उम्मेदवारले आफ्नो घोषणापत्रमा समेट्नु पर्ने विषयहरू मैखिम रूपमा भन्दै घरदैलोमा मत माग्न सुरु गरेका हुन ।

नेकपा एमाले बाट दैलेख क्षेत्र न ः २ का प्रतिनिधि सभा उम्मेदवार लक्ष्मी प्रसाद पोखरेलले चुनावी घोषणापत्र निर्माण गर्न जिम्मेवारी तोकेको केही दिनभित्र टुङ्गो लाग्ने बताए । उनले अहिले पालिका स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सञ्चालन भएको र त्यसैको मौकामा घरदैलो गरेको बताए । उनले भने जनताको बिचमा जाँदा उत्साह पाएको र निर्वाचन आयोगले दिएको समय अनुसार चुनावी सभा गर्ने त्यस भन्दा अघि घरदैलो कार्यक्रम चलाउँछौ ।

नेकपा एमाले दैलेखका अध्यक्ष एवम् प्रतिनिधि सभा उम्मेदवार रवीन्द्र शर्माले भने पार्टीका बैठकहरू सुरु गरेको र घरदैलो गर्न नपाएको बताए । उनले भने जनताले नेता र पार्टीले गर्ने कामका विषयमा नागरिकले जानकारी राखेको बताउँदै घरदैलो गर्ने आफ्नो प्रमुख लक्ष्य भएको र केही दिन भित्र सुरु गर्छौ ।

सत्तागठबन्ध दल बाट दैलेख निर्वाचन क्षेत्र ः १ बाट प्रतिनिधि सभा साझा उम्मेदवार एकीकृत समाजवादीका नेता अम्मर बहादुर थापाले समेत घोषणापत्र बिनै घरदैलो गररहेका छन । घोषणापत्र निर्माण गर्न सत्ता गठबन्धन दलमा रहेका नेताहरू लागी रहेको जनाएका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बाट दैलेख निर्वाचन क्षेत्र न १ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्नुभएकी कुन्ती कुमारी शाहीले आफूहरूले घरदैलो गरिरहेको बताइन । उनले घोषणापत्र केही दिन तयार हुने भन्दै घरदैलो गर्न विभिन्न पालिकाहरूमा गएको बताइन । उनले भन्नि घोषणापत्र निर्माण गरेपछि आमसभाको बेला वितरण गर्ने तयारी गरेका छौ । सत्ता गठबन्धन बाट प्रदेश सभामा विद्रोह गरी उम्मेदवारी टेक बहादुर खाँणले आफूले घोषणापत्र सहित जनताका बिचमा गएको बताए । उनले घोषणापत्र सँगै आफ्नो निर्वाचन चिन्ह सहित लिएर प्रचारमा हिँडेको बताए ।