Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

गठबन्धनका बिसी विरुद्ध नेकपा एसका खाँणको उम्मेदवारी कायमै

दैलेख  :  सत्ता गठबन्धन बाट दैलेख निर्वाचन क्षेत्र नः १ का प्रदेश सभा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका पूर्व पार्टी सभापति कृष्ण बहादुर बिसी विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य टेक बहादुर खानको उम्मेदवारी कायम रहेको छ । उम्मेदवारको मनोनयन फिर्ता लिने समयसम्म मनोनयन फिर्ता नलिएपछि खाँणको उम्मेदवारी कायमै भएको हो ।
दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा रहेको दैलेखमा दैलेख निर्वाचन क्षेत्र नः १ एकिृकत समाजवादीको भागमा परेको थियो । एक प्रतिनिधि सभा र तीन प्रदेश सभा नेपाली काँग्रेस र एक प्रदेश सभा माओवादी केन्द्रको भागमा परेको थियो । दैलेख निर्वाचन क्षेत्र नः १ को प्रतिनिधि सभा सदस्यमा अम्मर बहादुर थापाले टिकट पाएको र आफ्नो हकहितका लागी नबोलेको भन्दै आक्रोशित हुनुभएका केन्द्रीय सदस्य टेक बहादुर खाणले गठबन्धन दल बाट प्रदेश सभा(ख)मा उम्मेदवार बन्नुभएका कृष्ण बिसी विरुद्ध उम्मेदवारी दिएका थिए ।

नेपाली काँग्रेसको भागमा परेको प्रदेश सभामा नेकपा एसले बागी उम्मेदवारी हाले पछि नेपाली काँग्रेसका नेताहरू एकीकृत समाजवादीका पार्टी सँग रिसाएका छन् । २०६४ सालमा भएको संविधान सभा सदस्य निर्वाचनमा मध्यपश्चिममा रहेका १५ जिल्ला मध्ये एक मात्र निर्वाचन क्षेत्र जितेको दैलेख निर्वाचन क्षेत्र नः १मा आफ्नो सहयोगमा प्रतिनिधि सभा नेकपा एकीकृत समाजवादीलाई दिँदा समेत आफूहरू माथि धोका दिएको काँग्रेसका नेताहरूले बताएका छन् ।

नेपाली काँग्रेस बाट पनि प्रतिनिधि सभामा उम्मेदवार बनेपछि गठबन्धनदलहरुमा विवाद सिर्जना भएको छ । नेपाली काँग्रेसको जनमत हुँदा हुँदै २०७४ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिएको र अहिले एमाले विभाजन हुँदा समेत नेपाली काँग्रेसले उम्मेदवारी नदिएको भन्दै नेपाली काँग्रेसका निरख बहादुर थापाले समेत बागी उम्मेदवारी दिएका छन ।

उम्मेदवारी मनोनयन फिर्ता नलिएपछि दैलेख निर्वाचन क्षेत्र नः १ प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिनुभएका गोपाल नेपाली र निरख बहादुर थापालाई निर्वाचन चिन्ह समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रदान गरेको छ । गोपाल नेपालीलाई खरायो चुनाव चिन्ह प्राप्त गरेका छ भने निरख बहादुर थापाले माछा चुनाव चिन्ह प्राप्त गरेका छन ।

त्यस्तै प्रदेश सभा (क)मा उम्मेदवारी दिनुभएको चित्र बहादुर खत्रीले पानीको धारो र प्रदेश (ख)मा स्वतन्त्र उम्मेदवार टेक बहादुर खाणले ठेकी दैलेख निर्वाचन क्षेत्र नः २ को (क) प्रदेशमा स्वतन्त्र उम्मेदवार दिएका पुरुषोत्तम रिजालले बिजुलीको बल्ब प्राप्त चुनाव चिन्ह प्राप्त गरेका छन । कृष्ण बिसी अघिल्लो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नः १(क) प्रदेश सभा सदस्यमा नेकपा उम्मेदवार धर्मराज रेग्मी संग पराजीत भएका थिए ।