Loading... आजः शुक्रबार, चैत्र ३०, २०८०
Trending

अवरुद्ध कर्णाली राजमार्ग छ दिन पछि खुल्यो


दैलेख  :  सात दिन देखी अवरुद्ध रहेको कर्णाली राजमार्ग खुलेको छ । गत बुधवार बाट परेको अविरल बर्सातका कारण दैलेखको आठविस नगरपालिका–४मा गएको पहिरोका कारण अवरुद्ध भएको राजमार्ग बुधवार बाट सञ्चालनमा आएको हो । मङ्गलवार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल सहिते गएको नेपाली सेनाको टोलीले राजमार्गमा खसेको ठुलो ढुङ्गालाई बलाष्टिङ गरी फुटाएपछि अवरुद्ध राजमार्ग खुलेको हो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले कर्णाली राजमार्गमा खसेको ठुलो ढुङ्गा हटाउन नेपाली सेनाले बलाष्टिङ गरेर ढुङ्गा फुटाएपछि मगलवार राती बाट राजमार्गको अवरुद्ध हटेको बताए । उनले मध्यपहाडी राजमार्ग भएर कर्णाली राजमार्ग जोड्ने दैलेखको साइखोला देखी कालिकोट सम्म अहिले राजमार्ग सञ्चालनमा आएको बताए । उनले भने कर्णाली राजमार्गको तल्लोडुगेश्वर बाट आठबिस नगरपालिकाको २ साइखोला सम्म गएको पहिरो हटाउने काम सुरु भइरहेको छ ।

आठबिस नगरपालिकाका नगर प्रमुख तर्क बहादुर बडूवालले राजमार्ग खुलाउन नगरपालिकाले नसकेपछि प्रमुख जिल्ला अधिकारीको टोलीलाई खबर गरेको बताए । उनले आठबिस नगरपालिका भित्र पर्ने राजमार्ग खुलाउन प्रयास गरेपछि आठबिस नगरपालिका–४ खिड्कीजिउलामा पहिरो हटाउन नेपाली सेनाको सहयोग लिएको बताए । उनले भने नेपाली सेनाले बलाष्टिङ गरेर ढुङ्गा फुटाएपछि मात्र राजमार्ग खुलाउन सम्भव भएको हो ।