पशुपालन समूहलाई बाख्रा सँगै खोर सामाग्री
दैलेख : पशुपालन समूहलाई बाख्रा सँगै खोर सामाग्री वितरण गरिएको छ । सयुक्त राष्ट्रिय विकास कार्यक्रम र डुगेश्वर गाउँपालिकाको आर्थिक सहयोग र महिला सशक्तीकरण मञ्च नेपालको सहजीकरणमा सञ्चालन भएको कोभिड–१९ ग्रिन रिकभरी परियोजना मार्फत तीन पशुपालन समूहका ६० घरधुरीलाई बाख्रा र खोर निर्माण सामाग्री वितरण गरिएको हो ।
महिला सशक्तीकरण मञ्च नेपालका कृषि प्राविधिक संयोजक दिवस केसीले डुगेश्वर गाउँपालिका –३ मा गठन गरिएका तीन पशुपालन समूहका ६० घरधुरी जनही तीन वटा का दरले एक सय ८० बाख्रा र खोर सामाग्री वितरण गरिएको बताए ।उनले कोरोना महामारीका कारण रोजगार गुमाएर स्वदेश फर्केका युवा,एकल महिला, घरेलु हिंसामा परेका महिलाहरूलाई बाख्रा र खोर निर्माण सामाग्री वितरण गरिएको बताए ।