Loading... आजः सोमवार, कार्तिक १२, २०८१
Trending

रानिमत्तामा यात्रु साहयता कक्ष स्थापना


दैलेख  :  दैलेख जिल्ला हुँदै कर्णालीका जिल्लामा भित्रीने गुराँसे नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक कार्यालय र प्रहरी चौकी रानिमत्ताले यात्रु सहायता कक्षा स्थापना गरिएको हो । दसैँ, तिहार, छठ लगायत चाडपर्वको समयमा गन्तव्य पुग्न सघाउने, ठगी नियन्त्रण र दुर्घटना न्यूनीकरणका लागी यात्रु सहायता कक्ष स्थापना गरेको ट्राफिक कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रहरी सहायक निरीक्षक जगत् बहादुर बहादुर कठायतले चाडबाडको अवसरमा यात्रुहरूलाई सिट छ भन्दै गाडीमा राख्ने,यात्रुले सिट नपाउने, तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने, अलपत्र पर्ने समस्या आउन नदिन सहायता कक्ष बाट निगरानी गरिने बताए । उनले भने यात्रुले गुनासो गरेको खण्डमा तत्काल सम्बोधन गर्ने तयारीका साथ योजना बनाएका छौ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले दसैँ तिहारको अवसरमा जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको बताए । उनले जिल्लाको मुख्य नाका गुराँसेमा यात्रु सहायता कक्ष स्थापना गरिसकेको र जिल्ला सदरमुकामको बसपार्क,आठबिस नगरपालिका –४ राकमकर्णाली, दुल्लु,बेस्तडा लगायतका स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको बताए ।

उनले चोरी, ठगी, लुटपाट, कुटपिट नियन्त्रणसँगै दुर्घटना न्यूनीकरणका लागि सवारी चेकजाँचमा जोड दिन महातत्का प्रहरी चौकीलाई निर्देशन दिइसकेको प्रहरी प्रमुख शाहले बताए । उनले भने दुर्घटना न्यूनीकरणका लागी सवारी टाइम कार्डको नियम लागु भइरहेको र त्यसलाई समेत प्रभावकारी कार्यान्वयनमा जोड दिन्छौ ।

देउती यातायात प्रा.लीका दैलेख इन्चार्ज तेज बहादुर थापाले राज्यको नीति नियममा रहेर यातायात व्यवसाय सञ्चालन गर्ने बताए । उनले चाडपर्वमा यात्रुलाई सहज र सुरक्षित रूपमा यातायात सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।