Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

नगर स्तरिय बाल क्लबको अध्यक्षमा थापा

दैलेख  :  नगरस्तरीय बाल क्लवको अध्यक्षमा मधु कुमार थापा चयन भएका छन । क्लवको उपाध्यक्ष बसन्त मावि किमुगाउँकी आरती गौतम, सचिवमा महेन्द्र मावि सोतकी डिलमाया थापा, सहसचिव नेपाल राष्ट्रिय मावि कालिमाटीका जीवन बस्नेत र कोषाध्यक्ष पदमा नेपाल राष्ट्रिय मावि कालिमाटीकै आस्था सुनारलाई सर्वसम्मतिबाट चयन गरिएको छ ।

भेलाले जनता मावि कोटथाप्लाका जीवन नेपाली, रेडक्रस मावि भूर्तीकी दीक्षा न्यौपाने, सरस्वती माव तर्ताङका सृष्टि कार्की र सुहानी बिश्वकर्मा, हिमालय मावि भवानीका दुई विद्यार्थीहरु कल्पना बस्नेत, नारायण बोगटी, नेपाल राष्ट्रिय मावि कालिमाटीकी मनिषा नेपाली, त्रिभुवन मावि दैलेख बजारका मिराज सदस्य चयन गरेको छ । एक जना अपाङ्गता समस्या भोगिरहेका बालबालिकाको प्रतिनिधित्व गराई १५ सदस्यीय समिति निर्माण गरिएको हो ।