डेंगी संक्रमितको संख्या २२ हजार नाघ्यो, २९ को मृत्यु
काठमाडौँ : नेपालमा डेंगी सङक्रमितको संख्या २२ हजार नाघेको छ । शनिवार सम्म २२ हजार जनामा सङक्रमण र २९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो जसले महामारीको रुप लिएको थियो । यस वर्ष डेंगी संक्रिमतको केसले ३ वर्षअघिको रेकर्ड तोडिसकेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार साउनयता २२ हजार ९८८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । केही दिनसम्म सबैभन्दा बढी केस ललितपुरमा देखिएको थियो तर त्यो स्थान काठमाडौँले लिइसकेको छ । डेंगीको उच्च जोखिममा रहेका १० जिल्लामध्ये ५ जिल्लामा डेंगीका हजारभन्दा बढी केसहरू पुष्टि भइसकेका छन् ।