Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

पाँच दिन देखी विद्यालयमा तालाबन्दी


दैलेख  :  जिल्लाको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारमा तालाबन्दी गरिएको छ । विद्यालय हाता भित्र रहेका सटरहरू व्यवसाय प्रयोजनमा दिन गरेको टेन्डरमा कानुनी प्रक्रिया अनुसार सम्झौता गरेको ६ महिना पुग्दा समेत कुनै सुनुवाइ नभएको भन्दै विद्यालय प्रशासनमा पाँच दिन देखी व्यवसायीले तालाबन्दी गरेका हुन । टेन्डर परेका सटरहरू आफूले पाउनु पर्ने भन्दै जिल्ला प्रशासन,जिल्ला प्रहरी र विद्यालय प्रशासन सँग पटक पटक माग गरेको भए पनि कुनै सुनुवाइ नभएको भन्दै तालाबन्दी गरेको व्यवसायीले बताएका छन् ।

सटरको टेन्डर पार्नुभएका व्यवसायी निशान कुमार थालो विद्यालय प्रशासन,जिल्ला प्रशासनलाई सडक खाली गराइदिन पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । उनले भने विद्यालयको सूचना अनुसार आफ्नो पसलको टेन्डर पारेका आमी व्यवसायीले छ महिना देखी भाडा तिरेका छौ पहिला व्यवसाय गरेका व्यवसायीले सटर खानी नगर्दा समस्या उत्पन्न भएको छ ।

त्रिभुवन उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक निरक बहादुर तारामीले विद्यालयले निकालेको सूचना अनुसार उहाँहरूको टेन्डर परे पनि पहिला देखी व्यवसाय गर्दै आएका व्यवसायीले सटर खानी नगर्दा विद्यालय समस्यामा परेको बताए । उनले भने राजनैतिक शक्तिका आडमा सटर खानी नगर्दा विद्यालयमा ताला लागिएको छ ।

विद्यालयमा तालाबन्दी गरेका कारण एसइईमा ग्रेड वृद्धि गर्ने विद्यार्थीहरू फर्म भर्न समेत समस्या भएको छ । प्रधानाध्यापक तारामीले भने विद्यालय प्रशासन,लेखा,लाई बेरीमा ताला लगाइएको छ र आफूले प्रशासन सँग तालाबन्दी खोल्न आग्रह गरेको भए पनि अहिले सम्म तालाबन्दी खुल्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले विद्यालयमा लगाइएको ताला खोल्न सम्बन्धी व्यवसायीलाई आग्रह गरिएको बताए । उनले भने व्यवसायी व्यवसायी मिलेर समस्याको समाधान गर्नु पर्ने हुन्छ ।