Loading... आजः मङ्लबार, कार्तिक २७, २०८१
Trending

आफ्नै खर्चमा काठमाडौं उडे डाक्टर केसी

धनगढी  :  कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनसहितका माग राख्दै १० दिनदेखि सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं गएका छन् । श्री एयरलाइन्सको पौने ५ बजेको जहाजमा आफ्ना २ जना सहयोगी चितित्सक र भाइसँगै डाक्टर केसी काठमाडौं गएका हुन् ।
सेती अञ्चल अस्पतालबाट एम्बुलेन्समा उनलाई धनगढी विमानस्थल लगिएको र त्यहाँबाट श्रीएयरको जहाजबाट काठमाडौं लगिएको हो । डाक्टर केसीसँगै सेती प्रादेशीक अस्पालका डाक्टर द्वय अमृत जैशी र डाक्टर मिथलेस यादव पनि काठमाडौं गएका छन् ।

दुबैजना डाक्टर केसीको उपचारमा संलग्न थिए । उनीहरुसँगै डाक्टर केसीका भाइ केशव केसी पनि काठमाडौं फर्किएका हुन् । डाक्टर केसीले धनगढीमा अनसन बसेको थाहा पाएपछि उनी ६ दिनअघि मात्रै धनगढी आएका हुन् ।

डाकटर केसीको उपचारमा खटिएका सेती प्रादेशीक अस्पतालका डाक्टर शेरबहादुर कमरले उनको शरीरमा पोषण तत्व र पानीको अभाव भएको, पेटमा अल्सर भएर आन्तरिक रक्तश्राव भएको, मुटुको धडकन कम हुँदै गएको, रगतमा हेमोग्लोबिन कम भएको, पिसाबमा किटेन बढी देखिएको जस्ता समस्या आएकाले काठमाडौं रेफर गरिएको बताए ।

‘हिजो (मंगलबार) सम्म काठमाडौं जान मान्नु भएको थिएन, आज उहाँको स्वास्थ्यमा झन् समस्या देखियो, हामीले पनि उहाँलाई विशिष्टकृत सेवा भएको अस्पतालमा जानका लागि कन्भेन्स गर्‍ यौं, बल्ल मान्नु भयो,डाक्टर कमरले भने ।