Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

राप्रपा केन्द्रीय सदस्यसहित २ सय ९५ जना एमालेमा समाहित

दैलेख  : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य धिरज शाही एमालेमा समाहित भएका छन्। मंगलबार शाहीसहित २ सय ९५ जना राप्रपाका नेता कार्यकर्ता नेकपा एमाले पार्टीमा समाहित भएका हुन्।

उनिहरुलाई नेकपा एमालेमा महासचिव शंकर पोखरेलले पार्टी कार्र्यालय च्यासलमा स्वागत गरेका नेकपा एमालेका दैलेखका अध्यक्ष रबन्द्रिराज शर्माले जानकारी दिए ।
युवा नेता बस्नेतकाअनुसार राप्रपा दैलेखका अध्यक्ष नविनकुमार शाही लगायत देशका विभिन्न जिल्लाबाट गरेर २ सय ९५ जना एमालेमा समाहित भएका छन्।
नेकपा एमाले दैलेखका अधयक्ष रबन्द्रिराज शर्माले आगामी निर्वाचनमा बिजयीको झण्डा फहारउन धेरै नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्ने तयारीमा रहेको बताए । उनले विभिन्न दलका नेताहरु प्रवेश गर्ने भएपनि को को भन्ने खुलाउन चोहेनन ।