Loading... आजः सोमवार, माघ २३, २०७९
Trending

रेडियो मातृभूमि एफ.एमको उद्घाटन 

दैलेख  :   रेडियो मातृभूमि एफ.एम ९६.५ मेगाहर्ज दैलेखको उद्घाटन  गरिएको छ । संविधान दिवसको अवसर पारेर दैलेख सदरमुकाममा आयोजना कार्यक्रममा जिल्ला न्यायधिस बलराम लम्सालले रेडियोको उद्घाटन गरेका हुन ।

साउन १५ गते देखी परीक्षण प्रसारण थालेको रेडियो मातृभूमिको औपचारिक उद्घाटन सँगै नियमित कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।  समाजमा रहेका पछौटेपन, गरिबी, अशिक्षा, कुरीति, कुसंस्कार, अनियमितता लगायतका विविध विषयका विरुद्धमा रेडियोले सशक्त अबाज उठाउँदै  जाने रेडियोको निर्देशक महेन्द्र सापकोटाले बताए ।

रेडियोको उद्घाटन कार्यक्रममा बोल्ने अधिकास बत्ताहरूले रेडियोको प्रगतिको कामना  गरेका थिए । रेडियो स्थापनामा सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।