Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

पुल अलपत्र पार्ने दुई निर्माण कम्पनी कालोसूचीमा

सुर्खेत  :  खरिद सम्झौता गरेको १० वर्षसम्मपुल नबनाएपछि सडक डिभिजन सुर्खेतले ठेक्का सम्झौताअन्त्य गरेको छ । सडक डिभिजन कार्यालयले सुर्खेतको रानीघाटस्थित भेरी नदीमा पक्की पुल निर्माणको जिम्मा लिएको पप्पु/मल्ल जेभीतथा कर्णाली राजमार्गमा पर्ने दैलेखको जाक्सी खोला पुल निर्माणको जिम्मा लिएको सिरुवा÷कबिर÷सुनकोशी जेभी काठमाडौंसंग ठेक्का सम्झौता तोडेको हो ।

सडक डिभिजन सुर्खेतका सूचना अधिकारी इन्जिनियर तुलाराम शर्माले सम्झौता अनुसार म्याद थप भैसक्दा समेत निर्माण कार्य सम्पन्न गर्न तर्फ चासो नदिने, पटक–पटक ताकेता गर्दा अटेरी गरी निर्माण कार्यलाई अलपत्र पारेकाले ठेक्का सम्झौता अन्त्यगरिएको बताए। उनले भने सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३, ५९, को उप दफा सात र ठेक्का सम्झौतामा भएको व्यवस्था बमोजिम ठेक्का तोडेर कालो सूचीमा राख्न सिफारिस गरिएको छ ।

रानीघाटस्थित भेरी नदीमा पक्की पुल निर्माण नहुँदा बराहताल गाउँपालिकाका चार वडाका साथै बर्दिया, कैलाली लगायतका जिल्लाहरुबाट सुर्खेत आउन सास्ती भोग्नुपरेको छ । बर्दिया–सुर्खेत जोड्ने यो छोटो दुरी हो । तर यहाँ पुल नहुँदा बर्दियाबाट कोहलपुर–बबई–छिञ्चु हुँदै लामो दुरी पार गरी सुर्खेत आउनुपर्ने बाध्यता छ ।