चट्याङ लागेर दुल्लुमा पाँच घाइते
दैलेख : दैलेखको दुल्लु नगरपालिका ४ पानदेउ भन्ने स्थानमा चट्याङ लागेर पाँच जना घाइते भएका छन । सोमवार दिउसो खेत गोड्ने क्रममा चट्याङ लागेर दुल्लु नगरपालिका ४ की ४० वर्षीया तारा विक, ४३ वर्षिय सिद्ध बिक, ४२ वर्षीया सरुपा विक, ४६ वर्षीया इश्वरा विक , ४२ वर्षीया लक्ष्मी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर प्रसादसाहले घाइतेहरुमो दुल्लु अस्पताल दैलेखमा उपचार भएको र सबैको अवस्था सामान्य रहेको मेरो कर्णालीलाई जानकारी दिए । उनले घाइतेहरुको उपचार पश्चात सबै जना बोल्न सक्ने र हिड्न सक्ने भएको बताए ।