Loading... आजः सोमवार, मंसिर १७, २०८१
Trending

आफन्त बाटै हुने जघन्य अपराधले सुरक्षामा चुनौती


दैलेख  :  नेपाल प्रहरीका अक्तिरिक्त महानिरीक्षक(एआइजी)उत्तम सुबेदीले आफन्त बाटै हुने व्यक्ति हत्या, बलात्कार जस्ता जघन्य अपराध घटनाले सुरक्षा चुनौती थपिएको बताएका छन । प्रदेशगत उत्कृष्ट जिल्लाको आन्तरिक मूल्याङ्कनका लागि सोमवार कर्णाली प्रदेश अन्तर्गत दैलेख पुग्नुभएका एआईजी सुबेदीले पत्रकारहरू सँग कुरा गर्दै आफन्त र नजिकैको व्यक्तिबाट सामान्य विवाद र इगोमा ठूलाठूला अपराध हुन थालेपछि समाजमै असुरक्षा बढेको बताए । उनले आर्थिक कारोबार बिग्रँदा, सामाजिक रूपमा अपमान गरिएको जस्ता सामान्य कुराले ठुला अपराध हुन थालेकोले यस तर्फ सामाजिक सचेतना बढाउन आमसञ्चार माध्यमको सहयोग चाहिएको छ ।

एआइजी सुबेदीले भन्नुभयो पहिला चिनजान नभएका व्यक्तिहरू बाट हत्या,बलात्कार जस्ता घटना हुन्थे , अहिले घरपरिवार र आफन्त बाटै घटना हुने जोखिम बढ्दै छ यसले समाजमा ठुलो विकृत ल्याउँदै छ । सामाजिक सञ्जालका कारण ठुला ठुला घटना घट्ने गरेको बताउँदै त्यसमा सामाजिक सञ्जालको दुरुपयोग, अनुसन्धानमा प्रहरीकै ज्ञान र साधन श्रोतको कमी, भौगोलिक विकटताले समेत बाधकजस्ता समस्या रहेको बताए ।

अनुसन्धान गर्दा प्रमाणको संकलन, कतिपय घटनामा प्रयोगशालाको रिपोर्ट आउन ढिलाइ लगायतका कारण पीडित र सरकारी साक्षीको सुरक्षाको अभावमा अदालतमा होष्टाइल हुने गरेको एआईजी सुबेदीले बताए । उनले अहिलेका नागरिक आफै न्यायधिस,अनुसन्धान अधिकृत जस्तो ब्यबहार गर्ने र घटनामा भएको प्रमाण नष्ट गर्ने कुरामा उद्धत रहेको बताउँदै त्यस्ता कार्यले पीडीतले न्या पाउँन समस्या हुने गरेको बताए ।