Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

विद्यालय सुधार योजना निर्माण गरिदै

दैलेख  :  विद्यालय सुधारका योजना निर्माण गरिने भएको छ । जिल्लाको ठाटीकाँध गाउँपालिकामा विद्यालय सुधार योजना निर्माणका लागि अभिमुखिकरण कार्यक्रम समेत सुर गरिएको छ ।ठाटीकाँध गाउँपालिकामा एईआएन लक्जेम्बर्गको सहयोगमा सोसेक नेपालद्धारा सञ्चालित गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जिविकोपार्जन (सहकार्य) परियोजनाको सहयोगमा उक्त सुधार योजना निर्माण गर्न लागिएको बताईएको छ ।

 

सुधार योजना निर्माणका लागी गाउँपालिकाभित्रका ८ वटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र शिक्षकहरुलाई एक दिने अभिमुखिकरण गरिएको परियोजना संयाजक जीवराज रेग्मीले बताए । उनले भने अभिमुखिकरण पाँच पटक गरी ठाटीकाँध गाउँपालिकाका ३९ वटै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र शिक्षक सहभागि हुनेछन् ।अभिमुखिकरणको सहजिहरण ठाटीकाँध गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख शिक्षा अधिकृत नेत्रबहादुर थापाले गरेका छन् ।