कोरोनाबाट दुई जनाको मृत्यु, १०४ संक्रमित थपिए
काठमाडौं : कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा २०१ जना संक्रमित निको हुँदा दुई जनाको मृत्यु भएको हो।
यो अवधिमा देशभरबाट ३५८७ नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १५९२ र एन्टिजेनबाट १९९५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ८९ र एन्टिजेनबाट १५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। हाल सक्रिय कोरोना संक्रमितको संख्या २३१६ पुगेको छ।